अपडेट 
२०८० बैशाख २६, मंगलवार ०८:२५

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित निर्माणाधीन पार्किङ रोक्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

दशरथनगरस्थित राष्ट्रिय प्राथमिक विद्यालयको जग्गामा निर्माण हुन लागेको पार्किङ नबनाउन अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले सो आदेश दिएका छन् । विद्यालयको जग्गामा बस पार्किङ बनाउन गत माघ २७ गते मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहले संयुक्त रूपमा शिलान्यास गरेका थिए । त्यहाँ पालिकाले काम पनि अगाडि बढाइसकेका थिए । स्थानीय बलदेव साह तेलीले दिएको रिटमा पार्किङ निर्माणले विद्यालयको पठनपाठनमा असर पर्न सक्ने भएकाले निर्माण नगर्न भनी अन्तरिम आदेश जारी भएको छ । ‘राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा सवारी साधन पार्किङ हुँदा विद्यालयमा ध्वनि प्रदूषण बढ्ने र विद्यार्थीहरूको पठनपाठनमा पनि ठूलो असर पर्नेसक्ने भएकाले निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गरेको,’आदेशा भनिएको छ ।

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गरेका थिए । आधुनिक पार्किङ स्थल निर्माणका बनाउने पालिकाको योजना थियो । त्यहाँ विशेष गरी पर्यटकीय बसहरु पार्किङको लागि बनाउन लागएिको थियो ।

https://www.youtube.com/watch?v=Im_vEKN236E

Comment


Related News

Latest News

Trending News