अपडेट 
२०८० बैशाख २६, मंगलवार ०८:२८

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष ०८०/०८१ को वजेटको तयारीमा जुटेको छ ।

असार १ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यता रहेकोले त्यसको तयारीमा प्रदेश सरकार जुटेको हो । प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ्ग तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टाईले बजेटको मार्ग दर्शन र बजेटको सिलिङ्गको बारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराइसकेको बताए । उनले आगामी आर्थिक वर्षको लागि संघीय सरकारले २० प्रतिशत कटौती गरी बजेट सिलिङ्ग पठाएको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए ।

संघीय सरकारले २० अर्वको बजेट सिलिङ्ग पठाएको उनले बताए । जुन चालु आर्थिक वर्षभन्दा २० प्रतिशतले कम रहेको जनाए । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ रहेको छ । पछिल्लो ९ महिनामा प्रदेश सरकारले चैत मसान्तसम्म कुल बजेटको २१ दशमलव ४२ प्रतिशत आर्थात १० अर्ब ५ करोड १३ लाख ९९ हजार १८६ रुपैयाँ मात्र खर्च भएको छ । चालुतर्फ ४ अर्ब ३६ करोड ७ लाख २० हजार ८७७ र पुँजीगततर्फ ५ अर्ब ६८ करोड ४३ लाख ७८ हजार ३०७ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको बजेट संघीय सरकारले दिने सामान्यकरण, सशर्त, राजस्व बाँडफाँट सहितमा भरपर्ने हुँदा आगामी वर्षको बजेटको आकारसमेत घटने अर्थ मन्त्रालयले जनाएको छ । विश्वव्यापी रुपमा रहेको आर्थिक मन्दीको कारण प्रदेश सरकारले प्रदेशको आन्तरिक आम्दानीसमेत गत वर्षको तुलनामा यस वर्ष घटेकोले पनि त्यसको प्रभाव बजेटमा पर्ने अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।

बजेटको आकार चालु आर्थिक वर्षमा हुने खर्चमा पनि भरपर्ने भएकोले यस वर्ष बजेट खर्चको अवस्था न्यून रहेको र बजेट खर्च कम भएको खण्डमा बजेटको अकार केही बढ्न सक्ने उनले बताए । अर्थ मन्त्री संजय कुमार यादवले बजेटको तयारी भइरहेको छ । अर्थ विज्ञ, बुद्धिजीवि, राजनीतिक दल, व्यवसायीसहितसँग छलफल गरेर जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने बताए । मन्त्री यादवले कृषि, पर्यटन,स्वास्थ्यसहितलाई रोगजार सिर्जना गने किसिमको बजेट ल्याउने तयारी भइरहेको बताए ।

https://www.youtube.com/watch?v=Im_vEKN236E

Comment


Related News

Latest News

Trending News