अपडेट 
२०८० बैशाख २६, मंगलवार १२:३८

भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिनुभएको छ । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख तथा गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार भारतीय रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News