
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए।
पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्।
पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ।