अपडेट 
२०८० बैशाख २६, मंगलवार १९:१६

सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ ।

आज (मङ्गलवार) बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यस्तै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनुभयो । उहाँले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेकाे पनि मन्त्री शर्माले जानकारी दिनुभयाे । उहाँले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News