अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:५६

निर्माण व्यवसायीहरुले प्रदेश सरकारसँग आफूहरुको पुरानो भुक्तानी यथाशीघ्र गर्न माग गरेका छन् ।

निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले आफूहरुको पुरानो बक्यौता रकम यथाशीघ्र भुक्तानी नगरिए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् । उनले मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार बस्ने मन्त्रिपरिषद् को बैठकबाट समस्या समाधान हुने आश्वासन दिएको बताउँदै त्यसपछि पनि समस्या समाधान नभए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् । यस सम्बन्धमा अर्थमन्त्री यादवले निर्माण व्यवसायीको भुक्तानीका लागि सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भइ आवश्यक प्रक्रिया पुर्याएर दुई÷तिन दिनभित्र समस्या समाधान हुने बताएका छन् ।

Comment


Related News