अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:५९

विगत केही दिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चोरीको घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

जिप्रका धनुषाले मंगलबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद वा गरगहनाहरु घरमा नराख्न हुन,सुरक्षित स्थान (बैंक वा लकर)मा राख्न,टोल वा घर वरपर शंकास्पद रुपमा मान्छे हिंडडुल गरेको देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा वा १०० नम्बरमा फोन गरी जानकारी गराउन हुन आग्रह गरेको छ । त्यस्तै,जारी गरिएको सो सूचनामा मोटरसाइकलहरु बाहिर पार्किंग गर्दा अनिवार्य रुपमा मोटरसाइकल लक गर्नुपर्ने,विवाह,ब्रतबन्ध वा अन्य कुनै कार्य गर्दा घर परिवारका सबै सदस्यहरु एकै चोटी घर बाहिर जान नहुने,जानु नै परे नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर जाने गरी सतर्कता अपनाउन आग्रह गरिएको छ । सूचनामा आकस्मिक अवस्थामा प्रहरीको कन्ट्रोल १०० तथा ९८५४०९०४१९ तथा जिप्रकाका सूचना अधिकारी ९८५४०२६७७० लगायतको कुनै पनि नम्बरमा सम्पर्क गर्न सकिनेसमेत जानकारी गराइएको छ ।

Comment


Related News

Latest News

Trending News