अपडेट 
२०८० बैशाख २८, बिहीबार ०७:०९

मधेश प्रदेश सरकारले पहिलो कार्यकालमा पारित गर्न नसकेको मदरसा शिक्षा विधेयक पुनः प्रदेशसभामा ल्याउन माग गरिएको छ ।

बुधबार राष्ट्रिय मुस्लिम परिषद् नेपालले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएर सो माग गरेको छ । परिषद्का अध्यक्ष मुशाहीद हुसैनसहितको युवाले मुख्यमन्त्री सरोज कुमार यादव र मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरलाई ज्ञापनपत्र बुझाएका थिए । अध्यक्ष हुँसैनको हस्ताक्षर रहेको ज्ञापनपत्रमा वर्तमान सरकारकै कार्यकालमा विधेयक पास गर्न माग गरेको उल्लेख छ । उक्त विधेयक चार वर्ष अघि प्रदेशसभामा पेश भएको थियो । तर पहिलो सरकारको कार्यकाल सम्पन्न भएपछि उक्त विधेयक पुनः सभामा पेश गर्नुपर्ने प्रावधान छ । सरकारले चासो नदेखाएकै कारण विधेयक पास नभएको पत्रमा उल्लेख गरिएको छ । पत्रमा मुस्लिम विकास समिति टुडे समाचारदाता गठन गर्न पनि माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News