अपडेट 
२०८० बैशाख २८, बिहीबार ०९:१५

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।

उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट चार लाख ८५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News