अपडेट 
२०८० बैशाख २८, बिहीबार २०:५३

पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मङ्गलवार गरिएको गिरफ्तारी गैर कानुनी रहेको आदेश दिएको छ।अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ।

भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाई नाटकीय रूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो । उनका वकिलहरूले उक्त गिरफ्तारी गैर कानुनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक-ए-इन्साफले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो।

खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै २,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए। मङ्गलवारको गिरफ्तारीले खान र सेनाबिच समेत तनाव उत्पन्न गराएको थियो।

Comment

Related News