
विश्वका प्रायः सबै देशहरु एकसमान नै हुन्छन् तर केही देशहरु आप्mनो विशिष्ट क्षमताका कारण अन्य राष्ट्रहरुको तुलनामा अलि बढी नैं सामान्य अथवा असामान्य हुने गर्दछ । क्षेत्रफल, जनसङ्ख्या, विदेशी मुद्रा भण्डारण, विदेशमा लगानी गर्न सक्ने अथवा बढी लगानी भिœयाउन सक्ने, अन्य मित्रराष्ट्रहरुलाई आर्थिक सहायता दिन सक्ने, विदेशी नागरिकलाई आप्mनो देशमा रोजगार उपलब्ध गराउन सक्ने तथा आधुनिक हातहतियारका कारण केही देशहरु क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरुमा निर्णायक र कहिलेकाहीं हस्तक्ष्ँपकारी भूमिका निर्वाह गर्न पनि सफल भइरहेका हुन्छन् ।
वर्तमानको विश्वका राजनीतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति ब्लादमिर पुटिन, चिनिया राष्ट्रपति सि जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्स एवं जर्मनीका शासकहरुको भूमिका बढी महत्वपूर्ण एवं निर्णायक साबित हु“दै आएको छ । बिमस्टेक, आशियान, ब्रिक्स, जी–२०, जी–७ लगायतका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतको बढ् दो भूमिकाका कारण नरेन्द्र मोदी सफल कूटनीतिज्ञका साथै विश्व राजनीतिमा ठूलो भूमिकाको निर्वाह गरिरहेका छन् । दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् विश्व समुदाय प्रस्टरुपमा दुई समूहमा विभाजित थियो । एकको नेतृत्व अमेरिकाले गरिरहेको थियो भने अर्काको सोभियत सङ्घले । कमोवेश यस्तै अवस्थामा भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु, युगोस्लाभिका जोसेफ ब्रज टिटो र इजिप्टका कर्नल नासिरले असंलग्न राष्ट्रहरुको छुट्टै सड्डठनलाई जन्म दिएका थिए । यसको उद्देश्य उपरोक्त दुईमध्ये कुनै एउटा समूहमा नलागी विश्व शान्ति, सद्भाव र मित्रताको दिशामा काम गर्नु थियो । सोभियत सङ्घको विघटन र शीतयुद्धको समाप्तिपश्चात् विश्व राजनीतिमा धेरै परिवर्तन आयो तथा नया“–नया“ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरु अस्तित्वमा आए । अमेरिका पनि एकोहोरो रुपमा मनमानी गर्न सक्ने अवस्थामा रहेन ।
विगत एक दशकदेखि भारत र चीनजस्ता विश्वका नया“ शक्तिराष्ट्रहरुको सक्रियता, भूमिका र महŒव बढ्दै गएको छ । गएको अगस्तमा भारतले आप्mनो जम्मु एवं काश्मिर प्रान्तलाई विशेष राज्यको मान्यता दिंदै आएकोमा संविधानको धारा ३७० मा संशोधन तथा अनुसूची ३५ (ए)लाई खारेज गरी जम्मु एवं काश्मिरलाई छुट्टै केन्द्रशासित प्रदेश तथा लेह–लद्दाखलाई छुट्टै केन्द्रशासित प्रदेशको मान्यता दिएपछि पाकिस्तान, मलेशिया र टर्कीजस्ता देशहरुले यसको चर्को विरोध गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मलेसियाबाट आयात हु“दै आएको खर्बौ रुपैया“को पाम आयलमाथि अत्यधिक भन्सार कर लगाइदिएका कारण मलेसियाले भारतमा त्यसको निर्यात गर्ने अवस्था नै बन्द भयो । यस घटनाले त्यहा“को अर्थतन्त्रमा पनि ठूलो नकारात्मक असर प¥यो । आधुनिक मलेसियाका विकासपुरुष मानिएका महाथीर मोहम्मद पनि यसपालि मोदीको प्रहारबाट आपूmलाई जोगाउन सकेनन् र प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुप¥यो । हाल मलेसियामा नया“ प्रधानमन्त्रीले देशको जिम्मेवारी आप्mनो हातमा लिएका छन् ।
द्वन्द्वग्रस्त टर्कीका राष्ट्रपतिले पनि मोदी सरकारका केही नीतिको आलोचना गरेका थिए । मोदीले टर्कीलाई पनि आप्mनो निशाना बनाए । हाल टर्की आपैंm सिरियासित युद्ध लडिरहेको छ जहा“ रुसका युद्धक विमानहरु उसलाई ठूलो क्षति पु¥याइरहेको छ । तत्काल शान्ति वार्ता भई युद्ध रोकिएको छ । तर यो अल्पविराम हो पूर्ण विराम होइन । कुनै पनि बेला युद्ध चर्किन सक्छ । द्वन्द्वग्रस्त सिरिया हाल मुख्य रुपमा चार समूहको कब्जामा छ । टर्कीकै सिमानामा पर्ने उत्तरी सिरियालाई धेरैजसो कुर्दिस लडाकुले कब्जामा राखेका छन् भने इडलिब प्रान्त फ्रि सिरियन आर्मी र जिहादी विद्रोहीको कब्जामा छ । अहिले इडलिबबाट राष्ट्रपति आसादका सेनाले रसिया, इरान र हेजबुल्लाहको सहयोगमा विद्रोही लखेट्ने प्रयास जारी राखेको छ र सफल पनि भइरहेको छ । विद्रोही फ्रि सिरियन आर्मी आप्mनो यो अन्तिम अखडा पनि गुमाउ“दै छ । फ्रि सिरियन आर्मीको लगातारको पराजयस“गै आसादका सेनाद्वारा सिरियाको भूमिमा रहेका टर्कीका सैनिकविरुद्ध आक्रमण गरेपछि टर्कीले सिरियाभित्र छिरेर सिरियन आर्मीविरुद्ध हमला शुरु गरेको छ तर रसियाली सेना एवं इरानी सेनाको कठिन प्रहारलाई उसले सामना गर्न सकिरहेको छैन । सिरियाको गृहयुद्धमा आसादको विजय भनेको मध्यपूर्वमा इरान र रसियाको पकड बलियो हुनु हो तथा टर्कीको महत्वाकाङ्क्ष्ाँमाथि रोक लाग्नु पनि हो ।
अब इजरायलले थप दबाब महसूस गर्नेछ भने लेबनानी हेजबुल्लाहले आप्mनो पकड बलियो बनाउने छ । टर्की र रसियाबीच बढ्दै गएको कटुताले सिरियालाई लाभ पु¥याउने छ । रसिया पनि सिरियामार्पmत मध्यपूर्वमा जुन पकड बनाइरहेको छ त्यो गुमाउन चाहदैन र अर्कोतर्पm इरानको पूर्ण सहयोग सिरियालाई भइरह“दा अब त्यो क्ष्ँेत्रको युद्ध नया“ मोडमा जान सक्ने सम्भावना रहेको छ । टर्की रसियास“ग भिड्न चाहदैन भने रसिया सिरियालाई सहयोग जारी राख्न चाहन्छ । अर्कोतर्पm नाटो टर्की र रसियाबीच सीधा भिडन्त नहोस् भन्ने चाहन्छ । इरान र लेबनानी हेजबुल्लाहले सिरियास“गको बलियो साथ छाड्ने छैन । यस्तो अवस्थामा टर्कीका पिकेके गुरिल्ला र उत्तरी सिरियाका कुर्दले आप्mनो पकड बलियो बनाउन थप प्रयास गर्नेछ । अमेरिका पनि युद्ध नहोस् भन्ने चाहन्छ । टर्कीले पाकिस्तानलाई दुईवटा ठूला युद्धपोत बिक्री गर्ने कुरामा सहमति जनाएको थियो । तर यस युद्धले गर्दा उसको अर्थतन्त्रलाई ठूलो क्षति पु¥याएको छ साथै निकट भविष्यमा अब टर्की स्वयं नैं ठूलो युद्धको सामना गर्ने अवस्थामा छैन । तत्कालका निम्ति सिरिया र टर्कीबीच युद्धविराम भएपनि यो पूर्णविराम होइन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम समयमा आएर आफ्नो जस्तो प्रस्तावित टर्की भ्रमणलाई मात्रै रोकेनन् अपितु टर्कीलाई पनि पाकिस्तानजस्तै विश्व समुदायबाट एक्ल्याउने प्रयास गरिरहेका छन् ।
भारतले अब टर्कीका शत्रु सिरियालाई हतियार बिक्री गर्ने सम्भावना बढेको छ । कुनै जमानामा र अहिले पनि इस्लामिक राष्ट्रहरुमा आप्mनो धाक जमाउ“दै आएको टर्कीको अवस्था पनि दयनीय हुन लागेको छ । टर्कीलाई पनि मोदीले मलेसियाजस्तै पाठ पढाउने निश्चित छ । केही दिन अघि भारतले ब्रिटेनका केही सांसदलाई विमानस्थलबाटै फिर्ता पठाएका कारण ब्रिटेनका केही सांसदहरुले युरोपेली संसदमा भारतको विरोधमा प्रस्ताव ल्याउन खोजेका थिए तर फ्रान्स तथा माल्टा देशका सांसदहरुले खुलेरै भारतको पक्ष्ँमा लागेका तथा जम्मु काश्मिरमा व्यापक शान्ति कायम भएको बताएपछि यस महीनाको अन्त्यसम्मका लागि ब्रिटेनको प्रस्ताव पनि पारित हुन सकेन । अब त संयुक्त राष्ट्र सुरक्ष्ाँ परिषद्का चार स्थायी सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, फान्स र रसियाले भारतलाई संयुक्त सुरक्क्षा परिषद्को स्थायी सदस्य बनाउने विषयमा प्रस्ताव नैं ल्याउने सम्भावना बढेको छ । चिनिया राष्ट्रपति सि जिनपिङको महत्वाकाङ्क्षी बिआरआई परियोजनालाई काउन्टर दिन अमेरिका तथा भारतले मिलेर इन्डो पैसिफिक स्टे«टेजिकलाई अगाडि बढाएको छ । वर्तमानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसिया राष्ट्रपति पुटिनसित मात्रै नरेन्द्र मोदीको राम्रो सम्बन्ध छैन कि जापान, फ्रान्स, जर्मनी,सिंङ्गापुर, असट्रेलिया , दक्षिण अफ्रिका र युरोपेली सङ्घका राष्ट्रहरुसित पनि भारतको राम्रो सम्बन्ध छ ।
मोदीले आफ्नो नेतृत्वमा खाडी राष्ट्रहरुसित पनि सुमधुर सम्बन्ध बनाएका छन् । इस्लामिक राष्ट्रहरुको सड्डठन (आइओसी) मा समेत भारतको भूमिका प्रभावकारी साबित हुनु सामान्य कुरा होइन । मोदीको यो बढ्दो प्रभावको सड्ढेत हो । आप् mनो देशमा व्यापक लोकप्रिय तथा जनाधार भएका नेतालाई विश्व नेता बन्नु कठिन हु“दैन । मोदीमा त्यो सबै विशेषता छ जुन एउटा प्रभावकारी अन्तर्राष्ट्रिय नेतामा हुनुपर्ने हो ।