अपडेट 
२०८० बैशाख २९, शुक्रबार ०७:३५

मधेश प्रदेश सरकारले सत्तासीन गठबन्धन दलहरुको सहमति अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

गठबन्धनमा रहेका दलहरुको विहीबार बसेको बैठकले सहमतिबाट नै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । संसदीय दलका नेताहरुको विहीबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम र बजेटको विषयमा बृहत् छलफल गर्ने सहमति गरेको छ । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, माओवादी केन्द्र संसदीय दलका नेता भरत साह, लोसपा संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टीका संसदीय दलका नेता महेश यादवको सहभागिता रहेको स्रोतले जनाएको छ । सरकार गठन भएको साढे तीन महिनामा गठबन्धनबाट एमाले बाहिरिनुका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, बारा जिल्लाको उपनिर्वाचनले गर्दा सरकार ठोस कामहरु सार्वजनिक गर्न सकेको छैन । मुख्यमन्त्री यादवले गठबन्धनको सहमति अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइने बताएका छन् । प्रदेशवासीले सरकारको प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमहरु ल्याइने मुख्यमन्त्री यादवले बताएका छन् ।

Comment


Related News