अपडेट 
२०८० बैशाख ३०, शनिबार ०७:०९

धनुषाको जनकनन्दनी गाउँपालिका ५ मा वडाध्यक्षको मत पुनः गणना नहुने भएको छ ।

उच्च अदालत जनकपुरधामले पुनः गणनाको माग गर्दै परेको मुद्दामा वादीको दावी नपुगेको फैसला सुनाएको हो । शुक्रबार न्यायाधीश डालकुमार खड्का र रेखा थापा पाण्डेको संयुक्त इजलासले त्यहाँको मत पुनः गणना नगर्ने फैसला सुनाएका छन् । यहाँ एक मतले जनता समाजवादी पार्टी (जसपा)का अशोक कुमार मण्डल निर्वाचित छन् भने नेपाली कांग्रेसका तनुकलाल कापरी पराजित छन् । पराजित भएपछि कापरीले ०७९ जेठ १६ गते उच्च अदालतमा पुनः मत गणनाको माग गर्दै मुद्दा दिएका थिए । मण्डल तीन सय ३० मत ल्याएर निर्वाचित भएका छन भने उनको निकटतम प्रतिद्धन्धी कापरीले तीन सय २९ मत मात्र प्राप्त गरेका थए । मुद्दा दिएको करिव एक वर्षपछि अदालतले फैसला सुनाएका छन् । मधेशमा करीब ५० वटा पुनः र निर्वाचन बदरको माग गर्दै मुद्दा दर्ता भएको छ । यसअघि उच्च अदालत जनकपुरधामले नै मलंगवाको एक वडाको पुनः मतगणना गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्चले उक्त फैसलालाई उल्टाएको थियो ।

Comment


Related News

Latest News

Trending News