अपडेट 
२०८० बैशाख ३०, शनिबार ०७:३६

मिथिला नगरपालिका ४ पोष्पलपुरकी लक्ष्मीनियाँ ठाकुर चार वर्षदेखि जनकपुरधाम धाइरहेकी छन् । कहिले मालपोत त कहिले अदालत धाउने उनको दैनिकी जस्तै भएको छ । लक्ष्मीनियाँ विहीबार र शुक्रबार पनि भुमी सुधार तथा मालपोत कार्यालय धनुषामा काम हुने आशले पुगेकी थिइन् । तर मुद्दा फाँटका कर्मचारी बब्लु कापर विदामा भएको कारण उनको काम हुन सकेनन् । र, कार्यालय प्रमुख ताइब राइनले सदाझै अर्को दिन काम हुने आश्वासन दिएर उनलाई फर्काए । यसरी नै लक्ष्मीनियाँ चार वर्षदेखि मालपोतको चक्कर लगाइरहेकी छन् । तर, काम हुन सकेको छैन् । जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीहरु कार्यान्वयन नगर्दा उनको बुबा हरिदेव ठाकुरको अंशमा पर्ने जग्गा नै विक्रि भइसकेको छ । विक्रि मात्रै होइनन् हरिदेवको भाई कमलदेवले बैंकमा धितोसमेत राखिसकेका छन् । अदालतले ०७६ चैत ३ गते दाखा दार्ता भएकाले पुर्वत अवस्था कायम गरिदिन कार्यालयलाई पत्राचार गरे । उक्त पत्र लिएर लक्ष्मीनियाँ भोली पल्टै मालपोतमा गएर बुझाइन् । तर कार्यालयले उक्त पत्र बुझेपनि न कार्यान्वयन गरे, न सो बारे अदालतलाई जानकारी दिए । उता लक्ष्मीनियाँले मालपोत कार्यालयले पत्र बुझेको कारण जग्गा विक्रि नहुने भनेर विश्वस्त थिइन् । तर जग्गा रोक्का भएको एक वर्ष नबित्दै हरिदेवका दाई कमलदेव ठाकुर वरहीले जग्गा विक्रि गरिसके भने करिव दश कठ्ठा जमिण बैंकमा धितो राखेका छन् । मालपोतको कर्मचारीहरु कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरुको नाममा नामशारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।

रोक्का जग्गा नामशारी

०७८ साउन २६ गते पुष्पवलपुर ५ को २८७ किता नम्बर कमलदेव ठाकुरको नामबाट नातामा शाली (श्रीमतीको दिदि) गिता देवी ठाकुरलाई एक कठ्ठा तीन धुर २५ कन्मा नामशारी भएको देखिन्छ । यस्तै, सोही मितिमा पुष्पलपुर ४ ‘क’ ५०४ किता नम्बरको दुई कठ्ठा दश कन्मा पुनः गिता देवीकै नाममा नामशारी गरिएको छ । यी दुई कितामा ऋण नलिएको कारण नाशारी बदर भयो । तर, ९ कठ्ठा १२ धुर ३५ कन्मा जग्गा बैंकमा धितो रहेको कारण नामशारी बदर हुन सकेनन् । ०७८ भदौ ४ गते १०९ र ११० किता नम्बर कमलदेवको श्रीमती सुनिता देवीको नामबाट शिव कुमारीको नाममा दुई कठ्ठा १६ धुर चार कन्मा जग्गा नामशारी भएको देखिन्छ । यी दुई किता साना किसान कृषि सहकारी संस्था लिमिटेड पुष्पवलपुरमा धितो रहेको कारण नामशारी बदर भएको छैनन् । यस्तै, किता नम्बर ४९०,४९३ र ४९६ किता नम्बर कमलदेवको नाममा रहेको जग्गा सिभिल बैंक ढल्केवरमा धिता रहेको छ । यी जग्गा पनि मालपोत कर्मचारीकै लापरवाहीको कारण रोक्का हुन सकेनन् । अदालतको पत्र मुद्दा फाँटका कर्मचारी श्यामबाबु मण्डलले बुझेका थिए । उनी अहिले सोही कार्यालयमा अर्को फाँटमा कार्यरत्त छन् भने अर्का बैद्यनाथ महतोले सरुवा गराइसकेका छन् । तत्कालिन कार्यालय प्रमुख सुनिल झा अहिले घुस लिएकै आरोपमा थुनामा छन् भने झा पछि आएका साबिर महतोको एक साताअघि सरुवा भएर अहिले ताइव राइन कार्यालय प्रमुख छन् । यी अवधिमा तीन कार्यालय प्रमुख आएपनि लक्ष्मीनियाँको समस्या याथावत छन् ।

कर्मचारी जोगाउन आलटाल

कुन कर्मचारीले अदालतको अवहेलना कार्य गरेको भनेर जिल्ला अदालत धनुषाले ०७८ फागुण ६ गते हाल सम्म तीन वटा पत्र मालपोत कार्यालयलाई पठाएका छन् । तर कार्यालयले हाल सम्म त्यसको जवाफ दिइरहेका छैन् । कर्मचारी नै दोषी देखिएपछि उनीहरु संरक्षण दिनको लागि उक्त फाँटको कर्मचारीको विवरण दिन मानेका छैन् । मुद्दा फाँटका कर्मचारी बब्लु कापरले कानूनी ज्ञान नभएको कारण समस्या देखिएको बताए । कर्मचारीहरु कानूनीज्ञाता नभएको कारण गल्ती भएको उनले स्वीकार गरे पनि धितो बाहेकको जग्गा नाशारी बदर भइसकेको भन्दै गोलमटोल कुरा गरे । दोषी कर्मचारीको विवरण तुरुन्तै कार्यालय प्रमुखसँग छलफल गरेर दिने उनले आश्वासन दिए ।

Comment


Related News

Latest News

Trending News