अपडेट 
२०८० बैशाख ३१, आईतवार ०७:२७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनकपुरधाम उपमहानगरपालिका नगर कमिटि गठन भएको छ ।

अप्पु मण्डलको नेतृत्वमा आठ सदस्यीय नगर कमिटि गठन भएको छ । समितिको सभापति पदमा मण्डल, उप सभापतिमा अमर साह, सचिवमा सृष्टि दत्त र कोषाध्यक्ष पदमा विजय कुमार साह सर्वसहमति रुपमा चयन भएको रास्वपाका धनुषा जिल्ला अध्यक्ष डा. जयप्रकाश महतोले जानकारी दिए । उनका अनुसार नगर समितिको सदस्यमा राकेश चौधरी, ललन नायक, सन्तोष आनन्द र गङ्गा प्रसाद यादव रहेका छन् । रास्वपाले नगर समिति बनाउनुको साथै ¥यापीड एक्सन टिम (आरएटी) पनि बनाएका छन् । यसको नेतृत्व शत्रुधन पंजियारले गरिरहेका छन् । उपाध्यक्ष पदमा विवेक बिक्रम कामती, सचीवमा पुरुषोत्तम चौधरी, उप सचिव दीपेश झा र कोषाध्यक्षमा रोनक ठाकुर रहेका छन् । संगठनले यस टिममा पछि सदस्य थप्ने बताइएको छ ।

स्तै,सोही नगर भेलाले नगर स्तरीय विभागको पनि जिम्मेवारी बाँडफाँट गरेका छन् । नगर स्वास्थ्य विभागमा डा. सूर्य प्रकाश साह, सूचना विभागमा अनिल कुमार साह, उद्योग विभाग राम बाबु राय र विकास तथा निति निर्माण विभागको जिम्मेवारी रुपेश कुमार दुबेलाई दिइएको छ । कार्यक्रममा रास्वपाका केन्द्रीय उप सभापति डि.पि. अर्याल, केन्द्रीय संगठन विभाग प्रमुख कवीन्द्र दुर्लाकोटि, सांसद अशोक चौधरी, मधेश प्रदेश संयोजक डा. मनोज कुमार रजक र धनुषा सह संयोजक ई.संजय यादवको उपस्थिति रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News