अपडेट 
२०८० बैशाख ३१, आईतवार ०७:३५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड पक्राउ परेपछि नेपालको राजनीतिक क्षेत्र तरङ्गित भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर रकम ठगेको अभियोग खाँड पक्राउ परेको हो भने एमालेका सचिव टोपबहादुर रायमाझी एक सातादेखि सोही अभियोगमा फरार छन् । नक्कली शरणार्थी बनाएर तेस्रो मुलुक पठाउनका लागि एउटा गिरोह नै सक्रिय थियो । यस घटनामा नेताहरु फस्ने देखेपछि अहिले केपि शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डबीच पटक पटक गम्भीर छलफल पनि भएको छ । यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रहरीको अनुसन्धानमा कुनै अवरोध नगर्ने शीर्ष नेताहरु बीच सहमति छ भनेर प्रष्ट पार्नु भएको छ । नेपालमा लामो समयदेखि भ्रष्टाचार, कमिशन र ठगीको विरुद्धमा जनस्तरबाट आवाज उठ्दै आइरहेको छ । भ्रष्टाचार र ठगीलाई न्यूनीकरणको विषयमा दलका शीर्ष नेताहरु ठोस प्रतिबद्धता नदेखिएको, सो सम्बन्धका कतिपय उजुरीमाथि आवश्यक कारवाहीको प्रक्रिया नचलानउनका लागि राज्यशक्तिको दुरुपयोग पनि समय समयमा हुने गरेको देखिन्छ । टोपबहादुर रायमाझीलाई पक्राउको लागि प्रहरीले पुर्जी जारी गरेपछि केपि ओली शुरुमा बचाउमैं उभिएको थियो ।

अव, पार्टीको छविमा आँच आएको भनेर पार्टीको सचिवबाट निलम्बन गरेको छ । काँग्रेसले अदालतको आदेशपछि बालकृष्ण खाँडमाथि कारवाही गर्ने विषयमा निर्णय लिनेछ । एमालेले कारवाही ग¥यो तर, काँग्रेस किन नगरेको भन्ने सन्दर्भमा बौंद्धिकवर्गमा तर्कवितर्क जारी छ । काँग्रेसभित्रका देउवा समूह खाँडको पक्षमा उभिएका छन् । खाँडपनि आँटिला व्यक्ति हुन् । कतै, खाँड निलम्बनमा परेको आक्रोसमा ‘हम डुबेगै सनम, तुझे भी ले डुबेगै सनम’को रणनीति अपनाउने खतरा पनि थियो होला । जे भएपनि खाँडलाई निलम्बन नगरेकाले खासगरी देउवाको छवि धुमिल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक साँसद ढाककुमार श्रेष्ठ अडियो प्रकरणमा परेपछि पार्टीले कारवाहीका साथै साँसद् पदबाट निलम्बन ग¥यो । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई नेशनल एकाउन्टविलिटी ब्यूरोले दुई दिनअघि पक्राउ परेपछि सो पार्टीका कार्यकर्ताले व्यापक रुपमा तोडफोड र आगजनी ग¥यो । आर्थिक रुपमा जर्जर पाकिस्तानमा सो विरोध कार्यक्रमले गदा करौंडोको क्षति भएको अनुमान गरिएको छ । अनाहकमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । इमरान खानलाई अल कादिर ट्रस्टको माध्यमबाट एक रियल स्टेटको ५० अर्ब अवैध रुपैयाँलाई कानुनी मान्यता दिएको अभियोगमा पक्राउ गरेको थियो । सन् २०१९ डिसेम्बरमा स्थापित सो ट्रस्टको प्रमुख स्वयं इमरान खान र उनी श्रीमती बसुरा बिवी नै हुन् । इमरानमाथि १२१ वटा मुद्धा दर्ता छ । भ्रष्टाचारको अभियोगमा पक्राउमा परेपछि आफ्नो पक्षबाट सफाई पेश गर्नुपर्नेमा कार्यकर्तालाई उचालेर आन्दोलन गर्ने गतिविधिलाई राम्रो भन्न मिल्दैन् । नेपालमा पनि भ्रष्टाचारको विषयमा कारवाही हुँदा शीर्ष नेताहरु जोगाउनका कसरत शुरु गर्छन् ।

कमसेकम नेपालमा पाकिस्तानजस्तै जनतालाई उचालेर सडक आन्दोलन गर्ने धम्की दिने कार्य अहिलेसम्म भएको छैन् । तर, इमरान खानको पार्टीद्वारा पाकिस्तानमा इमरानको पक्राउको विरोधमा गरेको आन्दोलनबाट केपि ओली उत्साहित भएको देखिन्छ । केपि ओलीले एमालेका नेतालाई अनाहकमा फसाउने प्रयास भएमा आन्दोलनको चेतावनी दिएका छन् । लहरो तान्दा पहरो जाने सम्भावना देखेपछि ओलीले धम्की दिएको रुपमा अथ्र्याउन सकिन्छ । उनले ०४७ देखि नै छानविन हुनुपर्ने भने रअभिव्यक्ति दिएका छन् । ०४७ देखि कै कुरा उठाएर नक्कली शरणार्थी बनाएर पठाउने गिरोहको अनुसन्धानलाई ओझेलमा पार्न खोजेको देखिन्छ । भ्रष्टाचारको अभियोगमा पक्राउमा परेपनि दोषि छ कि छैन भनेर अदालतले निर्णय गर्छ । कानुनी राज्यको अवधारणलाई पालना गर्नुपर्ने सवैको कर्तव्य हो । त्यसो नहुँदा अराजता बढ्छ, जो अहिले पाकिस्तानमा देखिएको छ । पाकिस्तानको यो घटनाबाट नेपाली जनता र उच्च नेताहरुलाई पाठ सिक्नु पर्दछ । सवै दलले भ्रष्टाचार न्यूनीकरण गर्ने मुद्धा उठाएपनि सो अनुरुपको गतिविधि नदेख्दा जनतासमक्ष नेताहरुको विश्वसनीयता गुमेको छ । मुलुकको आर्थिक अवस्था गतिमान हुन नसक्नुमा भ्रष्टाचारने मुख्य कारणरहेको सर्वविदित छ । सर्वसाधारण जनतालाई तेस्रो मुलुक पठाइदिने भनेर करौंडो रकम ठगिएको विषयमा गहिरो छानविन गरी दोषिमाथि कडा कारवाही हुनेपर्ने आवाज चौंतर्फी रुपमा उठेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषिलाई नछोड्ने र निर्दोषलाई फस्न नदिने अडान स्पष्ट पारेका छन् । यो अडानमा कायम रह्यो भने उनको छवि उच्च हुनेछ । गृहमन्त्री र सचिवले सुराकीवापतको रकम नलिने निर्णय गरेर गृहमन्त्री श्रेष्ठले यश बटुलेका छन् ।

भुटानी शरणार्थीको विवाद के हो ?

सन् १९९०मा भुटानी सरकारले साम्प्रदायिक प्रतिशोध साध्ने उद्देश्य राखेर थुप्रै नेपाली भाषभाषि भुटानीहरुलाई देश छोड्न बाध्य पारेको थियो । उनीहरु भारतको बाटो भएर शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका थिए । ति शरणार्थीहरुलाई झापा र मोरङ जिल्लामा सातवटा अस्थायी शिविर बनाएर राखेको थियो । दातृ निकायले शरणार्थीहरुको आवास र भोजनको व्यवस्था मिलाएको थियो । भुटानी सरकारसँग पटक पटक वार्ता भएपनि ति शरणार्थीहरुलाई फिर्ता लिन तयार भएन् । त्यसपछि, सन् २०१९मा चरणबद्ध रुपमा एकलाख १३ हजार ३०७ भुटानी शरणार्थीहरुलाई अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, डेनमार्क, नर्वे र वेलायत पठाइएको थियो । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर)को तथ्याङ्क अनुसार तीन हजार ५० शरणार्थी बाँकी थिए । सन् २०१२ पछि शरणार्थीको परिचयपत्र वितरण हुन सकेको थिएन् । एक अनुमानको आधारमा शरणार्थीको सङ् ख्या बढेर ६ हजार ६ रहेको सरकारी तथ्याङ्क छ । सोही तथ्याङ्कलाई आधार बनाएर नेपाल सरकारले २०७६ जेठ ३० गते गृहमन्त्रीस्तरीय निर्णयबाट नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको अवस्था र उनीहरुको तेस्रो देश पुनर्वासको सम्बन्धमा राय परामर्शका लागि पूर्वसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन ग¥यो । त्यतिबेला, केपि ओली प्रधानमन्त्री थियो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री र हालका अख्तियार प्रमुख प्रेमकुमार राई गृहसचिव थिए । त्यसपछि, भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर विश्वासमा पारेर ठगी प्रकरण शुरु भएको हो । नेपाल सरकारले उक्त, निर्णय नगरेको भए नक्कली शरणार्थी बनाउने गिरोहको जन्म हुने थिएन् । प्रहरीको अनुसार नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने भनेर ८१ जनाबाट १३ करोड ६३ लाखभन्दा बढी रुपैयाँ ठगी गरिएको भनेर किटानी जाहेरी परेको छ । सो गिरोहले प्रत्येक व्यक्तिसँग १५ देखि २० रुपैयाँ लिएको पीडित पक्षले दावी गरेका छन् ।

अव के हुन्छ ?

ठुला नेताहरु फस्ने देखिएपछि विस्तारै यो प्रकरण सेलाएर जाने र कसैमाथि कुनै कारवाही नहुने भनेर एकपक्षले तर्क दिइरहेका छन् । प्रहरीले यो प्रक्रिया अगाडि बढाइसकेकाले सहज ढङ्गले सामसुम हुने सम्भावना छ,जस्तो लाग्दैन् । राजनीतिक हस्तक्षेपको प्रभाव परेको भए अहिले खाँड पक्राउमा पर्ने थिएन् । खाँड शेरबहादुर देउवाको विश्वासपात्र हुन् । खाँड पक्राउमा परेपछि देउवामाथि दवाव बढेको छ । गृहमन्त्री श्रेष्ठ माओवादी केन्द्रसँग आवद्ध छन् । गृहमन्त्रीको आदेशमा खाँड पक्राउमा परेकाले कतै काँग्रेसले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने त होइन भने अडकल शुरु भएको छ । तर, यी घटनाको कारण प्रचण्डलाई दिँदै आएको समर्थन फिर्ता लिने सम्भावना छ, जस्तो देखिँदैन् । यदि, काँग्रेसले आफ् ना समर्थन फिर्ता लिएमा जनताको माझमा काँग्रेसको लोकप्रियता ह्वातै घटनेछ । अहिलेको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारमाथि कुनै खतरा देखिँदैन् । जहिलेपनि चर्चामैं रहन खोज्ने गगन थापा यतिखेर, आफ्नै पार्टी काँग्रेसका अध्यक्ष शेरबहादुर देउवामाथि कडा रुपमा खनिएका विषय र स्वतन्त्र साँसद अमरेशप्रसाद सिँहले सँसद् भवनमा अर्धनग्न भएर विरोधको नयाँ शैलीको चर्चालाई खाँडको पक्राउको घटनाले उछिनेको छ । यसो हेर्दा, केही दिनदेखि साँसदहरु नै चर्चाको केन्द्रविन्दुमा छन् । टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने विषयमा ठगी गरेको भनेर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँचीमै पक्राउ गर्नुपर्ने थियो । केपि ओलीले मन्त्री भएको मान्छे कहाँ भाग्ने हो, आफैं हाजिर हुने किसिमका अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गर्न हच्किएको स्पष्ट हुन्छ । केपि ओलीको अभिव्यक्तिको फाइदा उठाएर काठमाडौंका लागि हिँडेका उनी बुटवलबाट नै गायव भए । त्यसपछि, सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा रायमाझीलाई एमालेले बचाउने खोजेको भनेर चर्चा हुन थाल्यो ।

चर्चा निरन्तर रुपमा भइरहेकाले एमाले बाध्य भएर रायमाझीलाई निलम्बन ग¥यो । एमालेको केन्द्रीय सचिवालयको मङ्गलवारको वैठकले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने निष्कर्ष निकालेको छ । फरार रायमाझीको कारण पार्टीको छविमा आँच पुगेको भनेर पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिक्रिया पनि दिएका छन् । पक्राउ पुर्जी जारी भइसकेकाले संविधान कानुन र विधिको शासन मान्ने पार्टीको नाताले त्यसलाई सम्मान गर्दै निर्दोष भए स्पष्ट पारेर सफाइ पेस गर्नुपर्छ । यस सम्बन्धमा पार्टीका उपाध्यक्ष ज्ञवालीले रायमाझीलाई उपस्थित भएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी गराउनुभयो । अर्कोतर्फ, आरजु देउवा र बालकृष्ण खाँडकी श्रीमती मञ्जुपनि यस प्रकरणमा तानिने सम्भावना छ । पक्राउमा परेका सो गिरोहका दुईजनाबीचको ३० मिनेटको कुराकानीको ओडियो प्रहरीसँग सुरक्षित छ । उनीहरुले नै सो ओडियो उपलब्ध गराएको हो । तर, आरजु र मञ्जुसँग उनीहरुको कुराकानी भएको ओडियो नरहेकाले तत्कालै उनी दुवै जना पक्राउमा पर्ने सम्भावना देखिँदैन् । रकम लिएको विषयमा सम्भवतः प्रहरी उनीहरुसँग सोधपुछ गर्न सक्छन् । प्रहरीले प्रमाण जुटाउनमा सफल भयो भने उनीहरु पनि पक्राउमा पर्ने सम्भावनालाई नकार्न नसकिने अवस्था छ । ‘इतिश्री’ !

Comment


Related News

Latest News

Trending News