अपडेट 
२०८० बैशाख ३१, आईतवार ०७:५१

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाइरहेका छन्।

ग्रेटर नेपालका नाममा भइरहेको राष्ट्रियताको राजनीतिलाई ‘चिनियाँ जादु’ को संज्ञा दिएका उनले टिस्टादेखि कांगडासम्मको कुरा उठाएर चीनियाँको दलाली गरिरहेको उनको आरोप छ। ‘टिस्टादेखि कांगडासम्म नेपाल हो भने पहिला त्यहाँका नागरिकता देउ’ भन्दै चिनियाँ अभियानको विरोध गरेका उनले नेपाली अनुहारका कतिपय चिनियाँलाई नागरिक नभइ जमिन मात्रै चाहिएको आरोप लगाए। उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यन्त्र गरिरहेको खुलासा गरे । चीनले अहिले पनि नेपालको सीमा मिचिरहेको तर, त्यसका विषयमा भने कोही नबोलेको वताए । बाराको कलैयामा शनिबार आयोजित‘नेपालप्रति चीनको अभ्यास र असर’ विषयक अन्तरक्रियामा यस्ता गलत राजनीतिलाई चिन्न र सचेत हुन सबैलाई आग्रह गरे।

त्यस्तै,संविधानसभा सदस्य बिपि यादवले शरणार्थीको नाममा भएको भ्रष्टाचारमा चीन र पाकिस्तानको समेत संलग्नता रहेको र नेपाली नेताहरुलाई पैसाको प्रलोभनमा पारी चिनियाँ र पाकिस्तानीहरु आतंककारीहरुलाई अमेरिका पाठएको संदेह भएको बताए । चीनले ऋण जालमा फसाई नेपाललाई आफ्नो अधीन पार्न खोजेको आरोप लगाएको थियो । अभियानी गोपाल दास बैरागीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू स्वयमसेवक संघका जिल्ला संघका रामबाबु साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, प्रध्यापक किशोरी राम, अधिवक्ता अजय स्वर्णकारलगायतले आ– आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News