अपडेट 
२०८० बैशाख ३१, आईतवार ०७:५७

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा ९एकीकृत समाजवादी० बीच एकीकरण प्रक्रिया तत्काल नहुने भएको छ ।

दुई पार्टीबीच एकीकरणका लागि कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाइए पनि राजनीतिक उथलपुथलका कारण एकता स्थगित भएको छ । पटक–पटक बैठक बसेर एक अर्काको दस्ताबेज अध्ययन गरेर प्रतिवेदन पनि तयार गरिसकिएको थियो । तर राजनीतिमा आएको उतारचढावका कारण थप प्रक्रिया अगाडि बढेको छैन । जसपा नेपालका कार्यकारिणी सदस्य एवं कार्यदलका सदस्य गोविन्द चौधरीले दुई पार्टीबीच एकीकरण गर्ने सहमति भए पनि अहिले त्यसको प्रक्रियाहरू स्थगित भएको जानकारी दिए । उनका अनुसार गत मंसिर ४ गते चुनावभन्दा पहिलेदेखि नै दुवै दलको बीचमा एकीकरणका लागि प्रक्रिया सुरु भएको थियो । एकता प्रक्रिया अगाडि बढिरहेको बेला चुनावपछि सरकार निर्माणको क्रममा दलहरूको बीचमा ध्रुवीकरणका भएको कारण एकीकरणमा असर परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बन्नु अघि चुनावमा जसपाले एमालेलाई सघाएको थियो ।

मंसिर ४ गते भएको चुनावमा नेकपा ९एस० समेत रहेको सत्ता गठबन्धनलाई छाडेर जसपा एमालेसँग चुनावी तालमेल गरेको थियो । त्यसले पनि एकीकरणमा असर पु¥याएको औल्याइएको छ । चुनावपछि पनि कार्यदलहरूको बीचमा एक दुई पटक छलफल भयो । तर गठबन्धन टुट्ने भत्किने कारणले एकीकरणका लागि दलहरू त्यति उत्साहित देखिएनन् । पछि एमाले–माओवादीको गठबन्धन भत्किएर फेरि काँग्रेस–माओवादीको पुरानै गठबन्धन ब्युँताइएको थियो । जसपा–नेकपा ९एस० पुनः एउटै गठबन्धनमा आए पनि एकीकरण प्रक्रिया भने सुरु भएन । गठबन्धन बन्ने भत्किने, सरकार बन्ने भत्किने कामले गर्दा दलहरू व्यस्त भएका कारण एकीकरणको प्रक्रिया अगाडि नबढेको बताउँदै नेता चौधरीले पछिल्लो समय उपनिर्वाचनमा पनि दलहरू व्यस्त भएको र अब विस्तारै राजनीति स्थिर हुँदै गएकाले छलफलको प्रक्रिया पुनः अगाडि बढाइने बताए । नेता चौधरीका अनुसार दुबै पार्टीका दस्ताबेज अध्ययन गरिसकेपछि त्यसको एकीकृत प्रतिवेदन बनाउने जिम्मेवारी नेकपा ९एस०का उपमहासचिव डा।विजय पौडेललाई दिइएको थियो । त्यो प्रतिवेदन कार्यदलको बैठकमा पेश गर्न बाँकी रहेको छ । दुबै दलबीच एकताका लागि नेकपा ९एस०को तर्फबाट उपाध्यक्ष डा।वेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

दुवै समितिले बैठक बसेर एकताका लागि विभिन्न एजेण्डा तय गरेको थियो । सोही एजेन्डामा छलफल गरेर प्रक्रिया अगाडि बढेको थियो । दुबै पार्टीले अंगालेको विचार, सिद्धान्त, राजनीतिक मुद्दाको विषयमा अध्ययन भएको छ । जसपाले नागरिकताको समस्या, संविधान संशोधनलगायतका विषय पनि उठाएको छ । राज्य पुर्नसंरचना, शक्तिको बाँडफाँटलगायतको विषयमा पनि अध्ययन भएको छ । शासन प्रणाली कस्तो राख्ने त्यस विषयमा पनि छलफल भएको छ । एकताको क्रममा उठ्ने जटिल विषय र सामान्य विषयलाई सूचीकृत गर्ने काम पनि भएको छ । जटिल विषयलाई नेतृत्व तहबाट टुग्यांउने तय भएको थियो ।

Comment


Related News

Latest News

Trending News