अपडेट 
२०८० बैशाख ३१, आईतवार १६:४२

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिइएको छ ।

 नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भूमिका खेलेको प्रारम्भिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिबार पक्राउ गरिएको थियो । 

Comment


Related News