अपडेट 
२०८० बैशाख ३१, आईतवार १९:११

धनुषा जिल्लामा उद्योग ग्राम स्थापनाकालागि उद्योगवाणिज्य संघ जनकप्रधामले गुठी संस्थान समक्ष जग्गा दिन माग गरेको छ । संघका अध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा आइतबार गुठी संस्थान जनकपुरधामको कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उद्योग ग्राम स्थापनाकालागि कम्तिमा सात बिघा जग्गा उपलब्ध गराउन माग गरेका छन् ।

यस क्षेत्रको कृषि उपजलाई व्यवस्थित तरिकाले बिक्री वितरण गर्नको लागि सो उद्योग ग्रामको स्थापना गरिने र सोको लागि नेपाल सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेकोले छिटो भन्दा छिटो जग्गाको बन्दोवस्त मिलाई दिन आग्रह गरिएको छ । धनुषा सदरमुकाम समेत रहेको मधेश प्रदेशको राजधानी जनकुरधाममा कृषि बजारको अभावका कारण यहाँको स्थानीय उत्पादनहरु बिक्री वितरणमा समस्या हुने गरेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघले यसअघि २०७८ सालमा पनि उद्योग ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराई दिन माग गर्दै गुठी संस्थानलाई ज्ञापन पत्र बुझाएको थियो ।

 

Comment


Related News

Latest News

Trending News