अपडेट 
२०८० बैशाख ३१, आईतवार १९:१८

पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सर्लाहीको विष्णु गाउँपालिका ५ बस्ने जितेन्द्र रायको छोरा १४ वर्षीय अनिष राय यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

भारतको बिहार सितामढी ग्राम पंचायत बगहा २ मामा घर गएका अनिषकाे मामाघर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएपछि प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News