अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:४२

ठाढी युवा क्लब जनकपुरधामको नयाँ कार्य समिति गठन भएको छ ।

क्लबको प्रथम वार्षिक सधारणसभाले १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । रमेश महतोको नेतृत्वमा क्लबको समिति गठन भएको छ । समितिको उपाध्यक्ष पदमा मुनिर राइन, सचिवमा महेश्वर साह, सहसचिवमा रामउदित महतो र कोषाध्यक्ष नितु शर्मा रहेकी छन् । यस्तै, सदस्यहरुमा कैलाश झा, योकिन्द्र कुमार कुर्मी, कौशल किशोर यादव, लालबाबु महतो, आरती कुमारी साह, इन्द्रकला यादव,पुनम देवी महरा, विमल कुमार यादव, मुकेश साह र पप्पु साह रहेका छन् ।यस अघि क्लब तदर्थ समितिले नै संचालन गर्दै आएको थियो । सो समितिको आयव्यय पनि सधारणसभाले अनुमोदन गरेको छ ।

साधारणसभा कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News