अपडेट 
२०८० जेष्ठ १, सोमबार १९:३४

धनुषा प्रहरीले एकजना बाख्रा चोरलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ५ वस्ने ६८ वर्षीय ताहिर राईन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत शनिबार साँझ धनुषाको मिथिला बिहारी नगरपालिका ८ स्थितबाट जनकपुरधाम उपमहानगरपालिका १६ वस्ने रामलाल साहले ५ वटा बाख्रा चोरी भएको प्रहरीमा जानकारी दिएका थिए ।

प्रहरीले बाख्रा खोजतलास गर्ने क्रममा आइतबार बिहान मिथिला बिहारी नगरपालिका १ स्थित ४ वटा बाख्रासहित राईनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Comment

Related News