
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन भएकाे छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेस गर्नु भएको याे प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १६ सदस्यीय समितिमा अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्ताैला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवासचन्द्र नेम्वाङ, सोबिता गौतम र हितराज पाण्डे रहनुभएको छ ।
याे मस्यौदा समितिलाई कार्य सम्पादनका लागि सात दिनको समय दिइएको छ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरूको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।