अपडेट 
२०८० जेष्ठ १, सोमबार २०:१८

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राख्न  काठमाडौँ जिल्ला अदालतले  प्रहरीलाई अनुमति दिएको छ।

पक्राउ परेको भोलिपल्ट प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेर उनलाई थप तीन दिनू हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गरिएको थियो।

मागबमोजिम रायमाझीलाई हिरासतमा राख्न अनुमति प्राप्त भएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले  जानकारी गराएका छन् ।

Comment

Related News