अपडेट 
२०८० जेष्ठ १, सोमबार २०:२४

धनुषा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला रजौल–५ बस्ने ४० वर्षीय कारी दास रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १० बजेको समयमा धनुषाको विदेह नगरपालिका–१ स्थित रेल्वे ट्रयाकमा प्रहरी चौकी ठाडीझिझाबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको बिआर ७ बि ६१२५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सोही मोटरसाइकलको लेगगार्डमा पलाष्टिकको बोरामा माथीबाट कुरकुरेले छोपेर ल्याइरहेको एक्सिप्लोन १ सय एमएलको ५० बोतल लागूऔषध फेला परेको जनाईएको छ ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News