अपडेट 
२०८० जेष्ठ २, मंगलवार १२:४९

प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल भएका छन् ।

मंगलबार सिंहदरबारमा संसदीय समितिहरुको बैठक बसेको हो । समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए । केहि दिन पछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ । समितिहरुको पहिलो बैठकमा परिचयात्मक तथा स्वागतका साथै बिषयगत रुपमा सांसदहरुले धारणा राखेका थिए भने केहि समितिले सरकारले निर्देशन समेत दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, लेखा, कृषि स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति रहेका छन् ।

Comment


Related News

Latest News

Trending News