२०८० जेष्ठ २, मंगलवार १३:५७

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले फुटपाथमा कुनै प्रकारको सामग्री नराख्न चेतावनी दिएका छन् । आ–आफ्नो पसलको आगाडिको सरसफाइ आफै गर्न व्यवसायीहरुलाई आग्रह गर्दै प्रजिअ दाहालले फुटपाथ प्रयोग गरिए सामग्री जफ्त गर्ने चेतावनी समेत दिएका छन् ।

जनकपुरधाम उप–महानगरपालिकाले शुरु गरेको सडक सुरक्षा अभियानमा प्रजिअ दाहाल संगै तीनै सुरक्षा निकायका सुरक्षाकर्मी लगायत जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरु समेत सो अभियानमा सहभागी भएका थिए । जनकपुरधामको सडक विस्तार भई सकेको र फुटपाथ समेत निर्माण भई सक्दा पनि फुटपाथ व्यवसायीहरुले सामान राखेर कव्जा गरेपछि सर्वसाधारणहरु सडकमै हिड्ने गरेका कारण दुर्घटनाको जोखिम बढि देखिएको छ ।

फुटपाथ तथा सडक पेटी व्यवसायीहरुले कव्जा गरेपछि जनकपुरधाम उप–महानगरपालिकाले सुझाव सहित चेतावनी दिँदै अहिले हिडेका छन् ।

प्रजिअ दाहालले भने–‘सडकमा हिड्नेहरुलाई फुटपाथ प्रयोग गर्न जनचेतना फैलाउने, पार्किङ्ग व्यवस्थापनमा देखिएको जटिलता देखिएको छ, यहाँ रहेका खाली जग्गा लिजमा लिएर भएपछि पार्किङ्गको समस्या समाधान गर्नु पर्छ ।’

जनकपुरधाममा पार्किङ्गको आभाव रहेका कारण सडकको दुवै पट्टि पार्किङ्गको व्यवस्था गरिएपनि सडमा देखिएको चापले सो अस्थायि पार्किङ्गलाई स्थायी बनाउन तिर लाग्नुपर्ने प्रजिअ दाहालले बताए । जनकपुरधामको विजुलीको पोलहरुमा राखिएको अनावश्यक होर्डिङ्ग बोर्डहरु समेत खोलिएको थियो । जनकपुरधामको सडकहरु व्यवस्थित हुन लागेको छ उनले भने–‘सडक व्यवस्थित गर्नकालागि सवैको साथ र सहयोगको जरुरी छ ।’

उनले जनकपुरधामका उद्योग बाणिज्य संघका अध्यक्ष समेत यस अभियानमा लागेका कारण अटेर गर्ने व्यसायीलाई कारवाही गर्ने चेतावनी समेत दिए ।

Comment


Related News

Latest News

Trending News