अपडेट 
२०८० जेष्ठ २, मंगलवार १७:५४

सर्वोच्च अदालतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो ।

वैशाख ३१ गते ज्ञानेन्द्र आरण समेतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

Comment


Related News

Latest News

Trending News