अपडेट 
२०८० जेष्ठ ३, बुधबार ०७:१६

धनुषा प्रहरीले विगत छ महिनाको अवधिमा अवैध सामान बरामद गरी ठूलो परिमाणमा राजस्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सो अवधिमा २ करोड पचास लाख भन्दा बढी राजस्व संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकमा विश्वराज खड्का आएदेखि सीमा क्षेत्रमा सुरुक्षा जाँचलाई कडा पारिएकोले सो अवधिमा ठूलो परिमाणमा राजस्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७९÷८०को पुस महिनामा २५ लाख ९ हजार ९ सय ६५ रुपैयाँ,माघमा ६६ लाख २० हजार ४ सय,फागुनमा ७५ लाख १५ हजार ८ सय ८२,चैतमा ३९ लाख ९५ हजार ६ सय ९० र बैशाखमा ४३ लाख ५२ हजार ५ रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार सो अवधिमा भारतबाट नेपाल भन्सार चोरी छली गरेको आरोपमा ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । सामान ओसार पोसारमा पक्राउ पर्नेहरुलाई कारबाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइने गरिएको एसपी खड्काले बताए ।

त्यस्तै,अवैध सामान ओसार पोसारमा प्रयोग गरिएको ८२ वटा भन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको छ । सो मध्ये ७७ वटा मोटरसाइकल,२ वटा अटो तथा २ वटा पिकअप भ्यान र एउटा ट्रयाक्टर नियन्त्रणमा लिइएको उनले जानकारी दिए । सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएकोले राजस्व संकलनमा वृद्धि भएको छ भने अर्कोतर्फ अवैध रुपमा तस्करी गर्नेहरुसमेत निरुत्साहित भएको दाबी प्रहरी उपरीक्षक खड् काको छ । नेपाल र भारत सीमा क्षेत्रका वासिन्दाहरुका लागि भने कुनै समस्या नरहेको उनले बताए । स्थानीयवासीहरुलाई एक अर्को देशको बजारमा दैनिक उपभोग्य वस्तुको ओसार पोसारमा भने कुनै कारबाही नगर्न,दुख नदिन कडा निर्देशन दिइएको उनले बताए । सीमा क्षेत्रका वासिन्दाहरुलाई प्रहरीले अनाहक दुख दिने गरेको गुनासो छ भन्ने टुडेकर्मीको प्रश्नमा उनले भने,‘त्यस्तो छैन हामीले चेकजाँचलाई कडा पारेकै हौं तर त्यो कारोबारीहरुका लागि हो,सर्वसाधारहरुले दैनिक उपभोग्य वस्तुका लागि छुट दिनुपर्ने निर्देशन दिएको छु।’ प्रहरी नागरिकको सेवाका लागि हो र सोही अनुसार हामीले काम गर्दै आएको दाबी गर्दै उनले आमनागरिकलाई समस्या हुने खालको गुनासो आए सम्बन्धित प्रहरी चौकीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

Comment


Related News