अपडेट 
२०८० जेष्ठ ३, बुधबार १३:४१

टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी छुटेका छन् । सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन् ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

सीतारामसँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो । उनी ७ वर्ष ६ दिन कारागार बसे । गंगा भने रिहा भएका छैनन् । टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।

 

Comment


Related News