अपडेट 
२०८० जेष्ठ ४, बिहीबार १३:१६

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

मियाँ सिंहदरबारभित्रै बाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

मियाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको खुलेको छ। 

Comment

Related News

Latest News

Trending News