अपडेट 
२०८० जेष्ठ ४, बिहीबार १७:१९

जनता समाजवादी पार्टी (जसपा) नेपालले आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।

बुधबार पार्टीले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेवसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Comment


Related News