अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार ०७:१०

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका श्वेता झाकी श्रीमान् राजीब झाले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताएका छन् ।

बैशाख ९ गते श्वेता झाले झाले श्रीमान् राजीब झा,ससुरा शिवशंकर झा, सासु र देवरमाथि आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएकी थिइन् । उनलाई बैशाख १ गते आगो लगाइएको उनले बताएकी थिइन् । सो आरोपमा प्रहरीले राजीब झालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता भएको छ । उनलाई २४ दिन हिरासतमा राखेपछि अदालतले धरौटीमा रिहा गरेको छ । रिहा भएपछि बिहीबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने,‘म लगातार पाँच वर्ष सम्म वैदेशिक रोजगारीमा थिए,मेरो छोरो १० वर्षको भइसक्यो मैले अब दाइजोको कुरा गर्नु पनि लाजमर्दो छ ममाथि झुटो आरोप लगाइएको छ ।

श्वेताले दाइजोको निहुँमा श्रीमान्, ससुरा, सासु र देवर विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर राजीब झाले भने श्वेताले एउटा बोर्डिंग स्कुलमा काम गर्छु कि गर्छु भन्ने जिद्दि गरेको र उसले आफ्नो कुरो मान्नै पर्ने बाध्यकारी अवस्था सृजना गर्न झोंकै झोंकमा आफैले आगोलगाएको बताए । श्रीमान झाले ‘यदि हामीले उनीमाथि आगो लगाएका थियौं भने घटनाको आठ दिनपछि किन यो कुरो बाहिर आयो उनले त एक दुई दिन भित्रै प्रहरीलाई जानकारी दिनुपर्ने होइन र ’,उनले प्रश्न गरे । अहिले श्वेता आफ्नो एक छोरा र एक छोरीको साथ माइत भारत बिहार राज्यको दरभंगा जिल्लामा पर्ने कोठिया गइसकेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको क्रममा श्वेताले पटक–पटक कहिले बुवा आमा कहाँ मुम्बई जाने भन्दै मुम्बई गएर बस्दै आएकी थिइन् । आफू वैदेशिक रोजगारीबाट फर्केर घर आएपछि केही दिन श्रीमान् र श्रीमतीबीचको सम्बन्ध सामान्य रहेको तर श्वेताले विद्यालयमा काम गर्न थालेपछि हामीबीच मनमुटाव भएको तर कुनै झगडा समेत नभएको बताए । श्वेताले विद्यालयमा काम गर्न थालेदेखि नै मलाई मेरो अंशदेउ म छुट्टै बस्छुँ भन्दै पटक पटक परिवारमा झै झगडा गर्ने गरेको श्रीमान् झाको कथन छ ।

यता श्वेताको बुवा जयकुमार झाले यस घटनाबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘घटनाबारे जानकारी हुने वित्तिक्कै हामीले छोरीलाई दरभंगा लगेर उपचार गर्न थाल्यौं ’,उनले भने । श्वेताका बुवा झालाई तपाईको छोरीलाई आगोलगाएर मार्ने प्रयास गरेकै हो भन्ने टुडेकर्मीको प्रश्नमा उनले केही पनि बोल्न चाहेनन् । घर परिवारबीचको झगडा हो भन्दै खुलेर बोल्न चाहेनन् । यसबारे श्वेतासंग कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएपछि श्वेता माइतबाट फर्केैकी छैनन् ।

Comment


Related News