अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार १६:०८

मधेस प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवासका बालुवाटारमा शुक्रबार बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले का अनुसार आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाले सरकारलाई निरन्तरता दिने सहमति भएको हो । त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको उनले जानकारी दिए ।

“अहिले जसपालाई निरन्तरता दिने र केही समय पश्चात् कांग्रेस र लोसपाले सरकारको नेतृत्व पाउने सहमति भएको छ,” यादवले भने, “कति समय र कसरी हुने भन्ने कुरा अहिले खुलाउन मिल्दैन । केन्द्रले निर्णय गर्ने सहमति भएको छ ।”

Comment


Related News

Latest News

Trending News