२०८० जेष्ठ ५, शुक्रबार १७:२८

सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रममार्फत सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो । विमानस्थल निर्माणको प्रक्रिया अझै अन्योलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने बताए ।हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने पौडेलले बताए ।आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने पनि सरकारको नीति रहेको छ ।

Comment

Related News

Latest News

Trending News