अपडेट 
२०८० जेष्ठ ६, शनिबार ०७:०१

मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकमा समानुपातिक महिला सांसदहरुले नेकपा एमालेका सांसद लखन दासले विभेदपूर्ण अभिव्यक्ति दिएको भन्दै नियमापत्ति जनाएका छन् ।

बिहीबार सांसद दासले प्रत्यक्षबाट निर्वाचित सांसदको संसदीय कोषको रकम सात करोड र समानुपातिको लागि तीन करोड रकम बढाउनुपर्ने माग गरेर समानुपातिक सांसदबारे विभेदपूर्ण टिप्पणी गरेको भन्दै समानुपातिक महिला सांसदहरुले नियमापत्ति जनाएका छन् । जनता समाजवादी पार्टीका सांसद ललिता दास (विद्रोही)ले नियमापत्ति जनाउँदै समानुपातिक प्रणालीलाई गलत भन्नु र समानुपातिक सांसदलाई दिइने बजेटबारेको विभेदपूर्ण अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग गरिन् । विद्रोहीसहितका महिला सांसदहरुले एकै स्वरमा विरोध जनाएकी थिइन् । जुन निर्वाचन प्रणालीबाट समानुपातिक सांसदको चयन भएको सोही निर्वाचन प्रणालीमै प्रश्न चिह्न उठाउनु कतिको जायज छ भन्ने प्रश्न गर्दै सांसद विद्रोहीले भनिन्,‘देशमा विभिन्न संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो, विभेद हटाउनका लागि यो अभ्यास भइरहेको छ । र सांसदज्युहरुबाटै यस्ता विभेदपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।’ ‘समानुपातिक संसदहरुलाई हेपेर कुरा गर्ने होइन । यदि प्रत्यक्ष चुनावमा खर्च हुन्छ भने त्यो कहाँ लेखेको छ कि ठूलो रकम खर्च गर्नु नै पर्छ । तर पनि समानुपातिक व्यवस्थाबाट सरकारद्वारा नै उत्पीडनहरु भोग्दै आएका छौं त्यसको क्षतिपूर्ति हो, समानुपातिक । र हामीसंग पनि समानुपातिक सांसद झैं व्यवहार गरियोस भन्ने हामी चाहन्छौं ।’

सांसदहरुलाई रुलिंग गर्दै सभामुख रामचन्द्र मण्डलले समानुपातिक र समावेशी देशकै अंग बनिसकेको बताए । विचार राख्न कुनै रोक नरहेको भए पनि आपत्तिजनक अभिव्यक्ति दिन नहुनेमा कुनै विमत्ति नरहेको उनको कथन थियो । सांसदहरुसंग त्यो विषय वस्तुमा छलफल गर्ने गरी अहिलेलाई सदनको कारबाही अगाडि बढाउन उनले आग्रह गरेका थिए । सांसद मोहम्मद समिरले विशेष समयमा बोल्दै मधेश प्रदेश नामकरण भएको लामो समय बितिसक्दा पनि सरकारको विभिन्न स्थानमा अझै पनि दुई नम्बर प्रदेश लेखिनु दुखद कुरो रहेको बताए । सांसद जनाद्र्धन सिंह क्षेत्रीले मधेश प्रदेशलाई समृद्ध बनाउन भौतिक विकास मात्र होइन पर्यटकीय विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । पर्यटन व्यवसायलाई अगाडि बढाउनका लागि प्रदेश सरकारले यथोचित कदम चाल्नुपर्ने माग उनले गरे । समाजमा अनुशासन र संस्कार विकासको लागि खेलकुद अत्यन्त आवश्यक रहेको भन्दै उनले आगामी वर्षदेखि हरेक विधानसभा क्षेत्रमा एउटा एउटा खेल मैदान निर्माण गर्न प्रदेश सरकारसंग आग्रह गरे ।

जसपाका सांसद मनिष सुमनले सत प्रतिशत सांसदले दिएको समर्थनबाट बनेको प्रदेश सरकारले पाएको अवसरलाई प्रयोग गर्नबाट सरकार चुकेको बताए । उनले विगतमा प्रदेशसभामा बनेको विभिन्न छानबिन समितिहरुको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग समेत गरे । सांसद सतीश कुमार सिंहले कृषि क्षेत्रमा एक अर्ब ८० करोड बजेट रहेको र सो प्रदेशका विभिन्न १२ सय ७० वार्डमा प्रत्येक वार्डमा एउटा बोर्डिंगसमेत दिन नसक्ने बताए । ‘एउटा डीप बोडिंग निर्माण गर्दा ७०÷८० लाखको बजेट खर्च हुन्छ,लेकिन हाम्रो बजेटलाई प्रत्येक वार्डमा भाग गरेर हेर्ने हो भने जम्मा १५ लाख रकम हुन जान्छ यसमा के गर्ने

Comment


Related News

Latest News

Trending News