अपडेट 
२०८० जेष्ठ ६, शनिबार ०७:०४

नक्कली भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने नाममा करोडौँको घोटाला गर्ने राज्य संरक्षित गिरोहको कुकृत्य अचेल वैश्विक लज्जाको विषय बनेको छ । आफ्नो थाक थलोबाट लखेटिएका विचरा भुटानी शरणार्थीहरुको नाममा चलाइएको राज्य संरक्षित लुटतन्त्रलाई कात्रोमा कमिशन खाने नालायकीको संज्ञा दिदा अतिशयोक्ति न होला । देशी विदेशी संघ संस्थाहरुको सहयोगमा अमेरिका,क्यानाडा,अष्टे«ेलिया जस्ता तेश्रो मुलुकमा पुर्नस्थापित गराइएका सुच्चा भुटानीहरु अचेल शंकाको घेरामा परेका छन् । तेश्रो मुलुकका नागरिकहरुको मनमा सवाल उठेको छ –पुर्नस्थापित हुन आएकाहरु भुटानी हुन कि नेपाली ?

नक्कली भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने गिरोहका संलग्न रहेको आरोपमा नेपाल प्रहरीले हालसम्म १५ जनालाई नियन्त्रणमा लिइसकेको छ । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरासहित केही जना फरार छन् । केही भिआइपी र भिभिआइपीमाथि प्रहरीले निगरानी बढाएको छ । न एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री (जसको कार्यकालमा यो काण्ड शुरु भएको थियो । ) बादल आफ्नो छोराको विषयमा कुनै प्रतिकृया दिएका छन् । न त एमाले अध्यक्ष केपी शर्मा ओली केही बोलेका छन् । यही अवस्था कांग्रेस सभापति शेरबहादुर देउवाको पनि छ । आफ्नै नागरिक बेच्ने नेता तथा ब्यूरोकेट्सबारे शीर्ष नेताहरुको चुप्पी रहस्यमय छ । यस काण्डको सुरुवात केपी शर्मा ओली नेतृत्वको सरकारमा बादल गृहमन्त्री रहेकै बेला भएको थियो । गृहमन्त्री बादलकै निर्देशनमा तेश्रो मुलुकमा पुर्नस्थापित हुन बाँकी रहेका भुटानीहरुको सूची तयार गर्न समिति बनाइएको थियो । यस समितिलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनाइएका बालकृष्ण खा“णले निरन्तरता दिएका थिए ।

गृहमन्त्रालयमा गिरोहको कुन हदसम्मको दबाब र प्रभाव थियो भन्ने एमाले उपाध्यक्ष बादलले नियुक्त गरेका नेपाल हज समितिका अध्यक्ष शमशेर मिया“को कार्यकाल नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका खा“णले दुई वर्ष बढाएका थिए । करीब १ लाख २० हजार भुटानी शरणार्थी नेपालका विभिन्न शिविरमा बस्दै आएका थिए । तीमध्ये करिब १ लाख १३ हजार शरणार्थीले तेस्रो मुलुक पुनःस्थापनाको विकल्प रोजेका थिए । विभिन्न कारणले पुनःस्थापनामा नगएका ६ हजार ३ सय ६५ शरणार्थी मोरङको पथरी र झापाको बेलडंगी शिविरमा बस्दै आएका छन् । बाँकीका ६ हजार ३ सय ६५ जनालाई तेश्रो मुलुक पुर्नस्थापित गराउने नाममा गृहमन्त्रालयसंगको मिलेमतोमा संस्थागत ठगी धन्धा चलाइएको थियो ।

तलदेखि माथिसम्मको सेटिङमा ठग गिरोहका मानिसहरुले २०७६ कातिकमा बालकृष्ण पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन साटेर नक्कली शरणार्थीको बेग्लै अनुसूची तयार गरेर दर्ता छुट भनेर ८ सय ७५ जना र अन्य गरेर १ हजारभन्दा बढीको नाम थपेका थिए । यसरी नक्कली भुटानी बनाइ अनुसूचीमा नाम थपिएका नेपालीहरु बाट प्रतिव्यक्ति १० लाख देखि ५० लाखसम्म गिरोहले उठाएको आरोप छ । यसो त नक्कली शरणार्थी बनाउने गिरोहमाथि प्रहरीले एक वर्षयता निगरानी बढाएको थियो । गत चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि थप अनुसन्धानको क्रममा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेपक्राउ परेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइसहित उच्च पदस्थ अधिकारीहरू पनि पक्राउ परेका थिए । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाको संलग्नता खुलेको थियो । ठग गिरोहका नायकेहरु नेपाल हज समितिलाई गृहमन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीमै ओसारपसार गर्थे । भुटानी शरणार्थीको नाममा चलाएको संस्थागत ठगी धन्धा पहिलो र अन्तिम चाहीहोइन् ।

यस अघि पनि ललिता निवासदेखि लाउडा काण्डसम्म भएकै हो । तर भुटानी शरणार्थी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा नेपाल प्रहरीले चलाएको आरोपि प्रक्राउ गर्ने अभियान स्वागतयोग्य छ । कांग्रेस र एमालेका शीर्ष नेताहरुको मौनताको बावजुद प्रहरीको यो अभियान परिणाममुखी हुनुपर्दछ भन्ने आम नागरिकको अपेक्षा रहेको छ

Comment


Related News

Latest News

Trending News