अपडेट 
२०८० जेष्ठ ६, शनिबार ०७:०७

दुई जना नेपाली युवाहरुले क्षुद्र ग्रह पता लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२ का अभिषेक साह र बाँकेको नेपालगञ्जका सुदीप गौतमले दुई जना नेपाली युवाले क्षुद्रग्रह पता लगाएका छन् । जनकपुरधाममा बस्ने अभिषेक साह र नेपालगन्जमा बस्ने सुदीप गौतमले क्षुद्रग्रह २०२२ एफवाई १० पता लगाएका छन् । काठमाण्डुको त्रिचन्द्र कलेजमा बीएससी दोश्रो वर्षमा अध्ययनरत अभिषेक साह तथा उच्च शिक्षाका लागि अध्ययनका लागि जर्मनी पुगेका गौतमलाई क्षुद्रग्रह मुख्य बेल्ट क्षुद्रग्रहको अस्थायी खोजको रूपमा मान्यताको लागि चयन गरिएको छ । इन्टरनेशनल एस्ट्रोनोमिकल सर्च कोल्याबोरेसनले उनीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरेको छ । एक वर्ष अगाडि नै सो क्षुद्र ग्रह पता लागे पनि कोल्याबोरेशनले त्यसलाई एक वर्षपछि प्रोभिजनल र प्रिमिलरी मध्ये प्रोभिजनल अर्थात जहिले पनि देखिने क्षुद्र ग्रह पुष्टि भएको प्रमाणपत्र प्रदान गरेको छ । विश्व र संयुक्त परिवारसँग साझा गर्न र नेपालमा खगोल विज्ञानको क्षेत्रमा रुची जगाउनका लागि यो उपलब्धिले महत्वपूर्ण योगदान दिने अभिषेक साहको विश्वास रहेको छ ।

के हो क्षुद्र ग्रह ?

क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन्छन् । ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो– टिङ्गो जस्तो पनि हुन्छ ।

Comment


Related News