
बारामा दलितमाथिको विभेद घटनुको साटो बढ्दै गएको छ । संविधानमा जातीय छुवाछुत पूर्ण रुपमा निस्तेज गरिए पनि कानुनको कार्यान्वयन नहुँदा दिनप्रतिदिन विभेद बढ्दै गएको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री कलावती पासवानले जानकारी दिएकी छन् । २१ औं शाताब्दीको युगमा पनि छुवाछुत जस्तो अमानवीय शब्दले समाजमा जरो गाडनुले परिवर्तनको साटो दुखको अनुभूति सृजना हुने गरेको छ । कहिले अन्तरजातीय प्रेम विवाहले दलित समुदायका व्यक्तिहरुलाई ज्यान लिने काम भइरहेको हुन्छ भने कहिले कथित उपल्लो जात भन्नेहरुले यज्ञहरुमा बस्न नदिने, सार्वजनिक मठ मन्दिरमा पानी खान नदिने सम्मको काम गरिरहेका हुन्छ दलित अधिकारकर्मी रुपनारायण पासवान भन्छन् । त्यति मात्र होइन मठ मन्दिरुमा पूजा गर्न पनि अवरोध गर्ने गरेको छ ।
सिम्रौनगढ नगरपालिकाको झवानीमा रहेको शिवमन्दिरमा चमार समुदायका मान्छेहरुले पूजा गर्न जादा पूजासमेत गर्न नदिएको उनीहरुलाई विभिन्न यातना दिएको थियो अर्का अधिकारकर्मी किशोरी रामले दुखेसो गरे । रामपुर मुसहरीमा एक दलित समुदायको बच्चा मन्दिरमा रहेको चापाकलममा पानी खाएको निहुँमा त्यहाँका पुजारीले निर्घात कुटपिट गरी ती बालकलाई घाइते बनाएको थियो । केही दिन अगाडि सिम्रौनगढ नगरपालिका –२ रानीवास मन्दिर भित्र दलितको छोराले खाना पाक्दै गरेको नजिकमा जादा पाक्दै गरेको भात त्याहाको पुरारी अनिरुद्र मिश्रले सिम्रौनगढ नगरपालिका –२ अमृतगंजका अनमोल पासवानको जिउमा फाली गम्भीर घाइते बनाएको घटना त प्रतिनिधि पात्र छन् । यस्ता,कयौँ घटनाहरु जिल्लामा भइरहँदा प्रहरी प्रशासन, राजनीतिक दबाबका कारणले चासो देखाउनु त परै जायोस घटना मिलाउन तिर नै सक्रिय हुने गर्दछ अधिकारकर्मी किसमति देवी राम बताउँछिन् ।
जातीय विभेदका विरोधको समयमा पनि नउठने होइन तर ती आवाजहरुलाई विभिन्न वहानामा दबाउने गरिन्छ रामले बताइन् । कवहीगोठ, जोतपुर गमरिया, धर्मनगर भौरा, दौरवा,प्रसौनी, बञ्जरियामा भएको यज्ञमा पनि दलित समुदायका व्यतिmहरुलाई प्रवेश गर्न नदिनुले पनि बारामा दलितहरु माथिको विभेद कायमै रहेको भन्छन् तर नेकपा एमालेका नेता महेश विकले अरु मानव जस्तो हामीलाई पनि बाच्न पाउनुपर्ने अधिकारको ग्यारेन्टी हुनुपर्ने यी समुदायको माग रहेको छ । गम्भीर घाइते अनमोलको आर्थिक अभावका कारण उपचार नभएको पीडितको ठूली आमा विन्दु देवी पासवानले जानकारी दिइन । बाराको प्रादेशिक अस्पताल कलैयामा उनको उपचार हुन नसक्दा थप उपचारका लागि राजलक्ष्मी होस्पिटलमा उपचारका लागि पठाएको थियो । बिरामी पूर्णरुपमा ठिक न
भए पनि गरिबीका कारण अस्पतालमा पैसा तिर्न नसक्दा बाध्य भएर बिरामीलाई डिस्चार्ज गराएर घर लग्नुपरेको पीडित परिवारको कथन छ । यसैबीच, उन्मुक्ति दिएका पुजारीलाई तत्काल हिरासतमा लिई कारबाही अगाडि बढाउन स्थानीय प्रशासनसंग माग समेत गरेको छ । मिश्र अहिले हिरासत मुक्त भएका रहेका छन् ।