अपडेट 
२०८० जेष्ठ ७, आईतवार १३:०२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशको नागरिकहरुलाई पहिचानसहितको नामकरण गर्नु पर्ने बताएका छन् । प्रेस मञ्च नेपालको प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कोशी प्रदेशवासीको आन्दोलनलाई मजाक बनाउन नहुने बताउँदै उनले भने,‘जनताको भावनाको कदर गर्नु पर्छ यसमा राज्यले कदापि ढिलाई गर्नु हुँदैन आन्दोलनको सम्बोधन नभए यो आन्दोलन भयंकर रुप लिन सक्ने सम्भावना छ।’

पहिचानसहितको प्रदेशको नामकरणको लागि जारी सो अन्दोलन जायज रहेको र सो आन्दोलन लम्बिंदै गएकोले राज्य दिनानुदिन कमजोर बन्दै गएकोले यथाशीघ्र जनताको मागको सम्बोधन गरेर समस्या समाधान तर्फ अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको उनले प्रष्ट पारे ।

राजनीतिक स्थिरताका लागि संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेको बताउँदै संस्थागत गर्नका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने बताए । नागरिकता र संघीय निजामती ऐन प्रमाणीकरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘सबभन्दा महत्वपूर्ण हो संघीय निजामती ऐन जसको अभावमा प्रदेश सरकारहरुलाई आफ्नो कर्मचारीचन्त्रको अभाव छ।’ कुनै पनि सरकारको लागि प्रशासन,प्रहरी नभइ नहुने तत्व भएकोले प्रदेश प्रहरीको समायोजनको काम तत्काल अगाडि बढाउनु पर्ने बताए । कतिपय लोकतान्त्रिक मुलुकमा दुई पटक पारित भइसकेको ऐन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा पनि स्वतः कानुन बन्ने प्रावधान रहेको बताउँदै उनले संविधानले १५ दिन भित्र पारित भइसकेको विधेयक पारित गर्ने प्रावधान अनुसार प्रमाणीकरण गर्नुपर्ने बताए । तर राष्ट्रपतिले दुई दुई पटक पारित हुँदा पनि संविधानको उल्लंघन गरेको जिकिर गर्दै अध्यक्ष यादवले भने,‘संविधानको संरक्षणको जिम्मेवारी लिएका राष्ट्रपतिले नै विगतमा संविधानको उल्लंघन गरेका छन्।’ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सांसद रहेको बेला नागरिकता विधेयकको मुद्दा जोडतोडका साथ उठाएका थिए र दुबै सदनबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक उनले तत्काल प्रमाणीकरण गर्नुपर्ने धारणा राखे । नागरिकता विधेयकमा प्रमाणीकरण गरेर राष्ट्रपतिले लालमोहर लगाई दिनुपर्ने आग्रह गर्दै उनले भने,‘नागरिकताको अधिकारबाट वञ्चित नागरिकहरुलाई अधिकार दिनुपर्छ।’ ‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर अमेरिका पठाउने काम गरिएको छ।’उनले भने,केहीलाई गिरफ्तारी केहीको वारन्टको कुरो छ। यस प्रकारको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने,‘छानबिनबाट दोषि ठहरिएकाहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ ,यसले नेपालको छवि र अन्तर्राष्ट्रिय जगतमा समेत धुमिल भइरहेको छ।’

कार्यक्रमबीच प्रेस मञ्च नेपालमा आधा दर्जन भन्दा बढी पत्रकारहरुले प्रवेश गरेका छन् ।

Comment


Related News

Latest News

Trending News