अपडेट 
२०८० जेष्ठ ८, सोमबार ०६:५७

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीभित्रै आगामी आर्थिक वर्षको बजेट बारे तयारी शुरु गरेको छ ।

यसक्रममा पार्टीले जनताबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुसँग बजेटको खाका माग गरेको छ । आइतबार पार्टीको जनप्रतिनिधि समन्वय बैठकले चार वटा निर्णय गरेको छ । सोही निर्णय अनुसार स्थानीय तहको जनप्रतिनिधिलाई आगामी आर्थिक वर्ष ०८०/८१ को खाका कोरेर पार्टीमा पठाउन निर्णय गरिएको पार्टी अध्यक्ष राउतको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार तीनै तहको सरकारमा बजेटबारे आफ्ना आफ्ना सुझाब दिने, चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्ने र जनताबाट निर्वाचित जनप्रतिनिधिसँग जनमत संग्रह गरिने निर्णय भएको छ । यी सुझाब र खाका सम्बन्धी प्रतिवेदन तयार पारी सम्बन्धित सांसद र पालिका प्रमुख/उपप्रमुखलाई पार्टीले बुझाउने तयारी छ । जनमत संग्रह जनमत पार्टीबाट जितेको जनतप्रतिनिधिकै स्थानमा साउन ६ गते हुने मिति तोकिएको छ भने सांसदहरुसँग यही जेठ १० गते गर्न लागेको छ । जनप्रतिनिधिसँगको सवाल जवाफ भौतिक उपस्थितिमै हुने छन् भने सांसदहरुको सार्वजनिक सुनुवाइ प्रविधिको सहयोग लिइ जुमबाटबाट गरिने छन् ।

यस जनमत संग्रहमा जनतालाई पनि प्रश्न र जिज्ञसासहित सहभागी पार्टीले आह्वान गरेका छन् । पार्टीले प्रश्न गर्नको लागि ढाँचासमेत बनाएका छन् । सोही ढाँचा अनुसार प्रश्न दर्ता गराउन अनुरोध पनि गरेक छन् । जनताबाट निर्वाचित जनप्रतिनिधि र सांसदलाई थप जिम्मेवार बनाउन यस प्रकारको कार्यक्रम ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News