
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ । सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
हत्या गरिएको अन्दाजी २५ वर्षीय युवकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
हत्या गरिएको अवस्थामा युवकको शव स्थानीयले खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए ।