२०८० जेष्ठ ८, सोमबार १३:५८

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बारा र पर्सामा रहेका उद्योगका कारण सिर्सिया नदी प्रदुषण भएकाले नदीलाई प्रदुषणमुक्त बनाउन संघीय सरकारले भूमिका खेल्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यादवले वीरगञ्ज महानगरपालिकाको एलक प्रयासले सिर्सिया नदीको प्रदुषण रोक्न नसकिने बताए।

‘सिर्सिया नदीको प्रदुषण रोक्न लागि संघीय सरकारको भूमिका चाहिएको छ। महानगरले पटक-पटक जरिवाना गर्दा पनि उद्योगहरूले अटेरी गरेका छन्,’ उनले भने,‘संघ सरकारका उद्योग मन्त्री पर्सा निवासी हुनुहुन्छ। सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई कारबाही हुन्छ कि हुँदैन जानकारी चाहिन्छ।’

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन चुरे तथा बन जंगल संरक्षण अभियानका ४२ जना अभियन्ताले वीरगञ्जदेखि काठमाडौंसम्मको पद यात्रासमेत सुरू गरेको उनले बताए।

Comment

Related News

Latest News

Trending News