अपडेट 
२०८० जेष्ठ ८, सोमबार १८:३६

धुनषा प्रहरीले श्रोत नखुलेको २० लाख रकमसहित एक जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुर उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने वर्ष २५ को रन्धिर ठाकुर रहेको छ ।

सोमबार बिहान विशेष सुचनाको अधारमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ६ डोम्बाबारीस्थित गस्तिमा खटिएको प्रहरी टोलीले ठाकुरलाई चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको नेपाली रू.२०,००,००० (बिस लाख) नगद फेला परेको छ । नगदसहित ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको धनुषा प्रहरीले जनाएको छ ।

Comment

Related News