अपडेट 
२०८० जेष्ठ ९, मंगलवार ०६:५१

हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ्ग फ्याक्ट्री नजिकको खेतमा घाँटी रेटिएको अवस्थामा सोमबार एक युवकको शव फेला परेको छ ।

सनाखत हुन बाँकी रहेको मृतकको घाँटी रेटेर हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मृतकको देब्रे खुट्टामा डोरिसमेत बाँधिएको देखिएकाले केही टाढा हत्या भएको र घिसार्दै एकान्त स्थानमा ल्याएर हत्याराले राखेर गएको अनुमान गरिएको छ । घटनास्थल नजिक वियर, रक्सी र चिसो पेय पर्दाथका गरी ३ वटा खाली बोतलसमेत देखिएको स्थानीयवासी आनन्द राजुले बताए । उनको हत्या राति ८ बजे देखि १२ बजे बीचको समयमा भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अर्धनग्न अवस्थामा रहेको अन्दाजी २४÷२५ वर्षीय ती युवकको शव भन्दा करीब ५० मिटरको दूरीमा उनको सर्ट र पाइन्ट रगतले लतपतिएको अवस्थामा देखिएको स्थानीयवासी संजय रायले बताए । नजिकै रहेको टेलरिङ्ग फ् याक्ट्रीका संचालक,कामदार तथा स्थानीयवासीसमेतले ती युवकको पहिचान गर्न नसक्दा आसपासको गाउँ वा बाहिरी जिल्लाका हुनसक्ने र यहाँ ल्याएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । ‘घटनाको प्रकृति हेर्दा सुरुमा मदिरा सेवन गराइएको र त्यसपछि हत्या गरिएको देखिएको छ, एक प्रहरी अधिकारीले भने,‘पोस्टमार्टम रिर्पोटपछि मात्र सबै कुरा यकिनका साथ भन्न सकिन्छ ।’ मृतकको शव पोस्टमार्टमका लागी सोमबार नै धरान स्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइ हत्यामा संलग्नको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।

एक साता अघि जिल्लाको शम्भुनाथ नगरपालिका– २ का २१ वर्षीय मो.तफेजुलको रुपनी गाउँपालिका– १ रायपुर स्थित एक खेतमा भएको हत्या घट्नामा संलग्न अभियुक्तहरुको पत्ता न लागिरहेको अवस्थामा हत्याको अर्काे घटना भएपछि स्थानीयवासिन्दामा त्रास बढेको छ । यस्तै,०७८ साल पुस ११ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका– १ बरही विरपुरकी ५० वर्षीया भुटनी देवी यादवको पनि खेतमा गएका बेला टाउकोमा बियरको बोतल प्रहार गरी भएको हत्या घट् नामा संलग्न अपराधीहरु अझै पत्ता लाग्न सकेको छैन । यस्ता जघन्य अपराधमा संलग्न अपराधीको चाडो खोजी गरी कडा कारवाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News