अपडेट 
२०८० जेष्ठ ९, मंगलवार १५:४२

पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले बल्ल पूर्णता पाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

गएको पुस १० गते नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले  एमाले सरकारमा रहुन्जेल सरकारलाई पूर्णता दिन सक्नुभएको थिएन भने एमाले सरकारबाट बाहिरिएर कांग्रेस सहभागी भएपछि पनि सरकारले पूर्णता पाएको थिएन ।

आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण हुँदैछ । योसँगै सरकारमा मन्त्रीको सङ्ख्या २५ जना पुगेको छ ।

Comment


Related News

Latest News

Trending News