अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०७:००

मधेश प्रदेशसभा बैठक बुधबार (आज) बस्ने भएको छ ।

पहिलो अधिवेशनको १३ औं बैठक बुधबार दिउँसो १ बजे आह्वान गरिएकोछ । बैठकमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभालाई मन्त्रिपरिषद् विस्तार भएको पत्र पनि पढेर सुनाउने लगायतको सम्भावित कार्यसूची छन् । प्रदेशसभाका सचिव रञ्जित यादवले मंगलबार राति आठ बजे सम्म कार्यसूची तय भइनसकेको बताए । काममै व्यस्त भएको भन्दै उनले अबेर रातिसम्म सभामुख रामचन्द्र मण्डलसँग छलफल गरेर कार्यसूची तयार गरिने उनले जानकारी दिए । प्रदेशसभा बैठक यही जेठ ६ गते बैठक बसेको थियो । यो सरकारले तीन वटा विधेयक मात्र सभामा पेश गरेको छ । जसमध्ये खेलकुद विकास सम्बन्धी बनेको विधेयक महिला बालबालिका तथा सामाजिक न्याय समितिमा दफावार छलफलको लागि पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News