
महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–३ अजमरपट्टीबाट एक सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रदेश ३–००१ क ०२६९ नम्बर प्लेटको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याउँदै गर्दा बरामद गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए । उनकाअनुसार ट्रक चालक जिल्ला मकवानपुर भिमफेदी गाँउपालिका–१ का २ ९ वर्षीय रुपेश गोले र सोही ठाउँका सहचालक २६ वर्षीय अनिल पाखरिनलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । महोत्तरीको सीमा हुँदै गाँजा भारततर्फ पु¥याउन लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछिल्लो समय महोत्तरी सीमा भएर गाँजाको अवैध कारोबार निक्कै फष्टाएर गएको छ ।