अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०७:०९

चौधरी ग्रुपद्धारा सञ्चालित सी.जि. आयल एण्ड डेरिभेटिभ्स प्राइभेट लिमिटेड कम्पनीको सि.जि.एग्रो प्रोडक्टस प्रा.लिले कुलो मिचेर उद्योग खडा गरेको खुलेको छ ।

कुलो मिचेर उद्योग सञ्चालन गरिएको जनगुनासो आएपछि समाचार संकलन गर्न पुगेका पत्रकारमाथि उद्योगका कर्मचारीहरुले दुव्र्यवहारसमेत गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका – १ ० नितनपुर स्थित सो उद्योगको बाहिरपट्टी रहेको सार्वजनिक कुलो र बाटोको फोटो र भिडियो लिँदै गरेका पत्रकारको टोलीमाथि आफूलाई उद्योगको प्रशासकीय अधिकृत बताउने विजय मल्ल ठाकुर नेतृत्वको टोलीले बाधा सिर्जना गरी दुव्र्यवहार गरेका छन् । पत्रकारमाथि दुव्र्यवहार हुँदै गरेको देखेका स्थानीय वासिन्दाहरु ठाकुरको दुव्र्यवहारको प्रतिकार गरेका थिए । नितनपुरको मुख्य चोकमा रहेको सि.जि.एग्रो प्रोडक्टस प्रा.लिले करिब २४ फिट कुलोको जग्गा ५ सय मिटरसम्म मिचेको छ । अवैध संरचना हटाउने अभियान लिएर अघि बढेको जीतपुरसिमरा उपमहानगरपालिकाले उद्योगले आफैले जग्गा मिचेर खडा गरेको पर्खाललाई स्वयम् लिखित रुपमा आफनो होइन भनी रहँदा पनि उपमहानगरपालिका भत्काउन कुनै तरखर गरेको देखिँदैन् ।

Comment


Related News